काठमाडौँ, असार २९ गते । अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल साफ यू–२० महिला च्याम्पियनसिपमा घरेलु टोली बङ्गलादेशसँग पराजित भएको छ । ढाकास्थित बसुन्धरा किङ्स एरिना रङ्गशालामा असार २९ गते भएको खेलमा नेपाल बङ्गलादेशसँग ३–२ गोलले स्तब्ध बन्यो । बङ्गलादेशका लागि सिन्हा जहान सिखाले १३औँ, सागोरिका श्रीमतीले ३६औँ र त्रिस्ना रानीले खेलको अन्तिममा गोल गरे ।
काठमाडौँ, असार २९ गते । अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल साफ यू–२० महिला च्याम्पियनसिपमा घरेलु टोली बङ्गलादेशसँग पराजित भएको छ ।
ढाकास्थित बसुन्धरा किङ्स एरिना रङ्गशालामा असार २९ गते भएको खेलमा नेपाल बङ्गलादेशसँग ३–२ गोलले स्तब्ध बन्यो ।
बङ्गलादेशका लागि सिन्हा जहान सिखाले १३औँ, सागोरिका श्रीमतीले ३६औँ र त्रिस्ना रानीले खेलको अन्तिममा गोल गरे । नेपालका लागि अनिषा राईले ५२औँ मिनेटमा पेनाल्टीमार्फत र मिना देउवाले ८५औँ मिनेटमा गोल गरेका थिए ।
पहिलो हाफमा २–० ले पछि परेपनि नेपालले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दे खेललाई बराबरीमा ल्याएको थियो । तर खेलको अन्तिम तथा इन्जुरी समयमा सम्हालिन नसक्दा नेपालले गोल खाएको थियो ।
चार टोली सहभागी च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानलाई ६–१ गोलले हराएको थियो । यस्तै बङ्गलादेशले श्रीलङ्कालाई ९–१ गोलले पराजित गरेको थियो ।
Leave a Comment
Your email address will not be published. Required fields are marked with *