काठमाडौँ, असार २६ गते । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध १५ करोड ८८ लाख ५० हजार रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असार २७ गते विशेष अदालत काठमाडौँमा १५ करोड ८८ लाख ५० हजार रुपैयाँको भ्रष्टाचार मुद्दा दायरा
काठमाडौँ, असार २६ गते । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध १५ करोड ८८ लाख ५० हजार रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असार २७ गते विशेष अदालत काठमाडौँमा १५ करोड ८८ लाख ५० हजार रुपैयाँको भ्रष्टाचार मुद्दा दायरा गरेको हो ।
मुद्दा दायरा हुनेमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोखरेल र कम्प्युटर इन्जिनियर रामशरण गायक रहेका छन् । त्यसैगरी राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत निमबहादुर वली, वल्र्ड डिष्ट्रिब्युसन नेपाल प्रा लि कान्तिपथ, काठमाडौँ र उक्त कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण श्रेष्ठविरुद्ध मुद्दा दायरा भएको अख्तियारका पर्वक्ता राजेन्द्र पौडेलले बताए ।
सरकार/सार्वजनिक संस्थालाई हानी पुर्याउने बदनियत निर्धारित शर्त तथा मापदण्डविपरीतको गुणस्तरहीन प्रोसेसर रहेको स्टोरेज आपूर्ति गरी झुटा कागजात पेश गरी गराई अस्वाभाविक मूल्य कायम भएको उक्त सामग्री बापत १५ करोड ८८ लाख ५० हजार रुपैयाँ बराबरको रकम भुक्तानी दिने कार्य गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ समेतको कसूरमा उनीहरुलाई मुद्दा दायरा गरिएको हो ।
Leave a Comment
Your email address will not be published. Required fields are marked with *