लकेन लिम्बुले यमनसँगको खेल गुमाउने
४ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर लकेन लिम्बुले विश्वकप छनोट दोस्रो चरणअन्तर्गत घरेलु मैदानमा हुने यमनविरुद्धको खेल गुमाउने भएका छन् । लकेनले दोस्रो चरणको पहिलो खेल यूएईविरुद्ध मेटाटार्सल बोन (खुट्टाको एङ्कल नेरको भाग) भाँचिएको हो । नेपाली टिमले भोलीि मंगलबार साँझ ७ बजे विश्वकप छनोट दोस्रो चरणअन्तर्गत यमनसँग खेल्ने तालिका रहेको छ