गाजामा भएको इजरायली हमलाबाट २३ जनाको मृत्यु
गाजा सिटी, असार २६ गते । गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा आठ बालबालिकासहित २३ जनाको मृत्यु भएको बताएको छ । गाजामा शासन गर्ने हमासले कतारमा युद्धविराम वार्ताको एक हिस्साका रूपमा १० इजरायली बन्धकलाई रिहा गर्न इच्छुक रहेको घोषणा गरेको केही घण्टापछि आक्रमणको शृङ्खला आएको हो । एजेन्सीले बुधबार गाजामा २६, मङ्गलबार