Pashupati Times Blog Sports लकेन लिम्बुले यमनसँगको खेल गुमाउने
Sports

लकेन लिम्बुले यमनसँगको खेल गुमाउने

४ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर लकेन लिम्बुले विश्वकप छनोट दोस्रो चरणअन्तर्गत घरेलु मैदानमा हुने यमनविरुद्धको खेल गुमाउने भएका छन् ।

लकेनले दोस्रो चरणको पहिलो खेल यूएईविरुद्ध मेटाटार्सल बोन (खुट्टाको एङ्कल नेरको भाग) भाँचिएको हो ।

नेपाली टिमले भोलीि मंगलबार साँझ ७ बजे विश्वकप छनोट दोस्रो चरणअन्तर्गत यमनसँग खेल्ने तालिका रहेको छ ।

उनले गत जेठमा फिलिपिन्सविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालका लागि डेब्यु गरेको हुन् ।

Exit mobile version