Pashupati Times Blog Uncategorized राष्ट्रपति पौडेलसँग चिनियाँ प्रतिनिधिमण्डलको शिष्टाचार भेटवार्ता
Uncategorized

राष्ट्रपति पौडेलसँग चिनियाँ प्रतिनिधिमण्डलको शिष्टाचार भेटवार्ता

तस्बिर: राष्ट्रपतिको सचिवालय

तस्बिर: राष्ट्रपतिको सचिवालय

नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ छुङछेङ नेतृत्वको प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

शीतल निवासमा बिहीबार भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध र आपसी हित लगायतका विषयमा कुराकानी भएको थियो।

राष्ट्रपति पौडेलले दुई देशबीच रहँदै आएको सम्बन्ध आगामी दिनमा अझै प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्दै हालै जाजरकोट र रुकुम पश्चिम जिल्लामा गएको विनाशकारी भूकम्पले ठूलो धनजनको क्षति हुँदा भूकम्प प्रभावितहरूका लागि चीनले प्रदान गरेको सहयोगका लागि आभार व्यक्त गरेका थिए।

विपद्पश्चातको पुननिर्माणका लागि प्राप्त चिनियाँ सहयोगको राष्ट्रपतिले प्रशंसा गरेको उनको सचिवालयले जानकारी दिएको छ।

Exit mobile version